सेल्सबेरीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक |
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न पाउने भएका छन् । क्यासब्याकको अफर नेपालभरका सेल्सबेरीका शाखाहरुमा २५ मंसिरदेखि ३० पुससम्म उपलब्ध हुनेछ ।

