काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ ।
काठमाडौं । अनलाइन सपिङ मार्केट दराज नेपालले कात्तिक २५ गते पहिलो अनलाइन किनमेल उत्सव मनाउने भएको छ । ‘दराज ११.११ सेल’ कात्तिक २५ गतेको मध्यरातबाट शुरु हुनेछ र त्यसको २४ घण्टासम्म खुला रहने जनाइएको छ ।
भक्तपुर । नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी र होटल मजदुरले आज चाँगुनारायण नगरपालिका घेराउ गरेका छन् । उनीहरूले नगरकोट जाने पर्यटकलाई नगरपालिकाले दोहोरो पर्यटक शुल्क लिएकोमा विरोध जनाउँदै ज्ञापनपत्रसमेत बुझाएका छन् ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले चिपमा आधारित डेविट कार्ड शुरु गरेको छ । कार्ड कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड ल्याएको बैंकले जानकारी दिएको छ ।
काठमाडौं । एलजीले नेपाली बजारमा ७५ इञ्चको यूएचडी टीभी भित्र्याएको छ । उक्त टीभीमा क्वाडकोर प्रोसेसर, वेब ओएस, फोरके यूएचडी डिस्प्लेलगायत विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।