काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ ।
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३२.५ प्रतिशत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । आज सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । अनलाइन सपिङ मार्केट दराज नेपालले कात्तिक २५ गते पहिलो अनलाइन किनमेल उत्सव मनाउने भएको छ । ‘दराज ११.११ सेल’ कात्तिक २५ गतेको मध्यरातबाट शुरु हुनेछ र त्यसको २४ घण्टासम्म खुला रहने जनाइएको छ ।
भक्तपुर । नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी र होटल मजदुरले आज चाँगुनारायण नगरपालिका घेराउ गरेका छन् । उनीहरूले नगरकोट जाने पर्यटकलाई नगरपालिकाले दोहोरो पर्यटक शुल्क लिएकोमा विरोध जनाउँदै ज्ञापनपत्रसमेत बुझाएका छन् ।
काठमाडौं । माछापुच्छ्रे बैंकले हालै चालू आवको पहिलो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा ३८ करोड ६९ लाख ३४ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।