प्राइमद्वारा शैक्षिक सामग्री सहयोग |
काठमाडौं (आपास) । प्राइम कमर्शियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले चितवनको इच्छा कामना गाउँपालिकाका १५ सामुदायिक विद्यालयलाई सेतोपाटी, सुकुुल, मार्कर पेन, डष्टरलगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।

