एनआईसी एशियामा रोजगारीको अवसर, ४ सय कर्मचारी |
काठमाडौं । एनआईसी एशिया बैंकले एकै पटक ४०० जना कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाभित्रका शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धकको लागि विज्ञापन खुला गरेको छ ।
यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ ।
त्यस्तै रिलेसनसिप म्यानेजर पदका लागि ५० जना कर्मचारी माग गरिएको छ । यस पदका लागि स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको अनुभव आवश्यक पर्नेछ । २१ वर्षदेखि ४० वर्ष उमेर समुहकाले मात्रै आवेदन दिन पाउने बताइएको छ ।
सर्भिस म्यानेजर पदका लागि १०० जना कर्मचारी आह्वान गरिएको छ । सर्भिस म्यानेजरका लागि पनि स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा तीन वर्षको कार्यानुभव हुनु पर्छ । यस पदमा १८ वर्षदेखि ३५ वर्ष उमेर समुहकाले मात्रै आवदेन दिन सक्ने छन् ।
बैंकले प्लस टु तथा व्याचलर सकेका तर अनुभव नभएकाहरुले पनि आवदेन दिन मिल्ने गरि हस्पिटालिटी सर्भिसमा २०० जना कर्मचारी माग गरेको छ । मार्केटिङ, कस्टमर सर्भिस, हेल्प डेक्सका लागि कर्मचारी माग गरिएको हो ।
योग्यता पुगेकाहरुले असार २० गतेसम्ममा आवदेन दिन सक्ने छन्। बैंकको वेबसाइटमा गएर अनलाइन आवदेन दिन सक्ने बैंकले जनाएको छ ।
एनआईसी एशिया पछिल्लो समय बाणिज्य बैंकमध्ये सबैभन्दा आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ । बाणिज्य बैंकमध्ये सबैभन्दा धेरै शाखा कार्यालय स्थापना गरेको छ ।
व्यवसाय विस्तारका लागि शाखा विस्तार गरिरहेको बैंकले पछिल्लो समय ठूलो संख्यामा कर्मचारी नियुक्त गर्दै आएको छ ।




