काठमाडौं । नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । केहि महिना अघि मात्रै ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको नाडेपले १६ लाख कित्ता हकप्रद निष्काशनको अनुमति धितोपत्र बोर्डबाट पाएको हो ।
काठमाडौं । सरकारले नेपाल पर्यटन वर्ष २०२० को राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्ती गरेको छ । वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्। । वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङका अध्यक्ष रहेका उनी सार्क चेम्बर अफ कर्मशका समेत पूर्व अध्यक्ष हुन्।
काठमाडौं । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्तगीमा परेका छन् । उनलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सो पदबाट बर्खास्त गरेका हुन् ।
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई प्रतिशेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने भएको छ । बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस घोषणा गरेको छ । सानिमापछि एभरेष्ट बैंकले पनि सेयरधनीलाई यसपालि नगद लाभांश मात्र दिने भएको छ ।
भक्तपुर । नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी र होटल मजदुरले आज चाँगुनारायण नगरपालिका घेराउ गरेका छन् । उनीहरूले नगरकोट जाने पर्यटकलाई नगरपालिकाले दोहोरो पर्यटक शुल्क लिएकोमा विरोध जनाउँदै ज्ञापनपत्रसमेत बुझाएका छन् ।