काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक लगानीकर्ताका लागि ढोका खुल्ला राखिएको बताएका छन् । नेपालमा उड्यन, पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना तथा प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताका लागि ढोका खल्ला राखिएको उनकको भनाई थियो ।
काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न थाइल्याण्ड तयार भएको छ । नेपाल र थाइल्याण्डबीच हिजो बिहीवार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । मेगा बैंक नेपाल र आईएमई डिजिटलबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीच आईएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं । एलजीले नेपाली बजारमा ७५ इञ्चको यूएचडी टीभी भित्र्याएको छ । उक्त टीभीमा क्वाडकोर प्रोसेसर, वेब ओएस, फोरके यूएचडी डिस्प्लेलगायत विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले साझा यातायातको शेयर किनेका छन् ।नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले चिपमा आधारित डेविट कार्ड शुरु गरेको छ । कार्ड कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड ल्याएको बैंकले जानकारी दिएको छ ।
काठमाडौं । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा पवद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । ललितपुरको जावलाखेलको खेल मैदानमा शुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका छन् ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने जानकारी दिएको छ । बैंकले लामो अवधिको लागि स्रोत जोहो गर्न ऋणपत्रको साहारा लिन खोजेको बताइएको छ ।