काठमाडौं । जापानमा दक्ष र अदक्ष दुवै खाले नेपाली कामदारका लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेकाले सरकारले जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन पहल गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसका उनका उच्च सहयोगीविरुद्ध अदालतमा मुद्दा परेको छ । सीएनएनले हिजो मंगलवार अमेरिकाको जिल्ला अदालत, वासिङ्टनमा उनीहरू दुवैलाई विपक्षी बनाई मुद्दा दायर गरेको हो ।
दुई महिनादेखि दुबईको रसिद अस्पतालमा कोमामा उपचाररत अर्धचेत अवस्थामा रहेका जीतबहादुरलाई नेपाल फर्काइएको छ । मस्तिष्कमा रगत जमेका कारण गम्भीर विरामी भइ उपचारका क्रममा कोमामा रहेका ताप्लेजुङ घर भइ हाल मोरङको रतुवामाई बस्ने जीतबहादुर लिम्बूलाई स्वदेश फर्काइएको हो ।
काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरले बालबालिकासम्बन्धी नयाँ ऐन लागू भएपछि सो व्यवस्थाअनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई पक्राउ गर्नुका साथै ३५ बालबालिकाको उद्धार गरेको छ ।
अष्ट्रेलियाको मल्बर्नमा छातीको तल्लो भाग जोडिएर जन्मिएका भुटानी जुम्ल्याहा बच्चीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । यी जुम्ल्याहा बच्चीहरुको छातिको तल्लो भागदेखि पेल्भिसको माथिल्लो भाग जोडिएको थियो भने कलेजो एउटै थियो ।
काठमाडौं । सानिमा बैंकले ʽथ्रि इन वान एकाउन्टʼ सेवा शुरु गरको छ । यो सेवा शुरु गरे पछि बैंकको शेयर कारोबारघरैबाट गर्न सकिने भएको छ । बैंकले नेपालमै पहिलो पटक यस्तो सेवा ल्याएको दाबी गरेको छ ।