काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रका सैनिकबीच भारतमा हुने भनिएको साताव्यापी संयुक्त अभ्यास भारतको पुनामा हुने भएको छ ।
काठमाडौं । ग्लोकल प्राइभेट लिमिटेडले वाइवाइ चाउचाउको मुख्य प्रयोजनमा सञ्चालन गरेको ‘ग्लोकल टिन हिरो–१०१८’ मा यसपटक रुकुमकी प्रशंसा केसीले उपाधि चुम्न सफल भएकी छिन् ।
विराटनगर । विराटनगर महानगरपालिको कार्यालयमा बम विष्फोटन गराउने कार्यमा भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को हात रहेको पुष्टि भएको छ ।
रुपन्देही (आपास) । रुपन्देही जिल्लाको बुटवल बीपीचोकस्थित एभरेष्ट बैंकको शाखा कार्यालयभित्र रकम जम्मा गर्न भौचर भर्दै गरेका एक ग्राहकको २ लाख २३ हजार रुपैयाँ चोरी भएको छ ।
काठमाडौं (अस) । दूरसञ्चार सेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेलले हरेक हप्ता १० जनाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने नयाँ योजना सार्वजनिक गरेको छ ।