काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५४ लाख रुपैयाँले बढी हो ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्युरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । संस्थाको हालै सम्पन्न साधारणसभाले सय रुपैयाँ अंकित ३ लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको हो ।
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १३.३७ प्रतिशतले बढी हो ।
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले हाल कायम १४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र यसमा लाग्ने कर तिर्न ० दशमलव ७८९५ नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । सरकारले लामो समयको गृहकार्य पश्चात आज सोमबारदेखि राष्ट्रिय परिचय पत्र वितरण गर्दैछ । जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र पाँचथरको फिदिममा एक कार्यक्रमको आयोजना गरी वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ ।
काठमाडौं । सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्सबीच क्यासलेश इन्स्योरेन्समा सम्झौंता भएको छ । सम्झौंतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखरका तर्फबाट प्रमुखकार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
काठमाडौं । ओयो होटेलले भारत र दक्षिण एशियाको सिइओमा आदित्य घोषलाई नियुक्त गरेको छ । ओयो होटल ब्यबसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशियामा इंडिया, नेपाल र अन्य बजार पर्छ ।