काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४∕७५ मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ ।