काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई ओम हस्पिटलको सेवा तथा सुविधाहरुमा विशेष छुटकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ ।
काठमाडौं । नेपालमा टिभिएस स्कूटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली बजारमा युवाहरु माझ स्थापित तथा लोकप्रिय भईसकेको छ ।
काठमाडौं । सरकारले किसानहरूले साना किसानबाट लिएको ऋण मिनाहा गरेको छ । सोमवारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन साझा सहकारीहरूबाट लिएको ऋण मिनाहा गर्ने निर्णय हो ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनाका जग्गाको मुआब्जा वृद्धि गर्दा देशव्यापी रूपमै असर पर्ने भन्दै यसमा पुनर्विचार गर्न नसकिने संकेत गरेका छन् ।
काठमाडौं । संसदको लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा भएको घोटाला छानबिन गर्ने भएको छ । जसका लागि समितिको बुधबारको बैठकले सात सदस्यीय उपसमिति गठन गरेको छ ।