नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । घाइते १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको खिचापोखरी स्थित न्युरोडमा शाखा बिस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमबीच ६१ औं शाखा स्थापना गरि कारोबार शूभारम्भ गरेको हो ।
गाईघाट । पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ । उद्योग स्थापना भएपछि पहिलो पटक पूर्ण क्षमतामा उत्पादन हुन सकेको बताइएको छ ।
काठमाडौं । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्था बमोजिम मङ्सिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ गतेदेखि गुड्न नपाउने भएकका छन् । विभागले मङ्सिर २२ गते सूचना प्रकाशित गरी कुराको जानकारी दिइसकेको छ ।
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार बनाउने योजना अगाडि सारेको छ । बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरिएकको एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यले जानकारी दिएका छन् ।
काठमाडौं । धादिङ जिल्लाको धादिङबेंसीमा प्रधान कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाचौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोली शनिबार २४औं महानगर दिवस मनाउने भएको छ । विस २०५२ सालमा काठमाडौंलाई महानगर घोषणा गरिएको सम्झनामा हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाउने गरिएको छ ।