काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरुलाई तुरुन्तै शेयर ब्रोकरेजको लाइसेन्स प्रदान गर्न माग गरेको छ । संघको बुधबार बसेको बैठकले नेपाल स्टक एक्सचेन्जमा प्रकृया पुर्याएर निवेदन दिएका बैंकहरुलाई लाइसेन्स दिन माग गर्ने निर्णय गरेको हो ।
काठमाडौं । यसपटकको दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने गरी राष्ट्र बैंकले तयारी शुरु गरेको छ । यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने तयारी भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार डा. हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अग्रजहरुको आग्रह र अनुभवी व्यक्तिको आवश्यकता महशुस भएकाले आफू चुनावी मैदानमा आउनु परेको भौतिकशास्त्री समेत रहेका शर्माले बताए ।
काठमाडौं । ज्योति विकास बैंकले काठमाण्डौको महाराजगंजमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको पूर्व अर्थमन्त्री डा रामशरण महतले उद्घाटन गरेका हुन ।
काठमाडौं । सुन्धारामा रहेको गोश्वारा हुलाक कार्यालय चारखाल डिल्लीबजार सारिएको छ । धरहरा पुनर्निर्माण काम भइरहेको र हुलाक कार्यालय रहेको जग्गामा फूलबारी, भूमिगत पार्किङ बनाउनका लागि कार्यालय सारिएको हो ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का महासचिव डा बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनको नवौं विश्वसम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।
काठमाडौं । सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो सोमा साङयोङले पनि भाग लिएको छ । कम्पनीले यो बर्ष भृकुटीमण्डपको एच १४ नंवर स्टलमा आफ्नो स्टल खडा गरेको हो । कम्पनीले उक्त स्टलमार्फत नाडा अटो सोलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।