एनआईसी एसियाले गर्यो २१.०५ प्रतिशत लाभांस दिने घोषणा, यस्तो छ लाभांस इतिहास |
काठमाडौं । एनआईसी एशिया बैंकले दशै तिहारलाई खर्च जुटाउने गरि बोनस शेयरसहित नगद लाभांस पनि घोषणा गरेको छ ।
बैंकले गत आर्थिक बर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांस दिने घोषणा गरेको हो । बैंकले दशै खर्च जुटाउने हिसावले ११.०५ प्रतिशत नगद लाभांस दिने भएको छ । दोस्रो बजारका लगानीकर्तालाई आकर्षित गर्न १० प्रतिशत बोनस शेयर पनि दिने घोषणा गरेको छ ।
बैंकले राष्ट्र बैंकबाट स्वीकृति लिएर साधारणसभामा अनुमोदन गरेपछि लाभांस वितरण गर्न पाउने छ। बैंकले कुल एक अर्ब ८५ करोड रुपैयाँको लाभांस घोषणा गर्दा ८८ करोड ३४ लाख रुपैयाँको बोनस शेयर र ९७ करोड ६४ लाख रुपैयाँ कर सहित नगद वितरण गर्नेछ ।
बैंकले गत बर्षको भन्दा लभांस दोब्बरले बढाएको छ । नाफा गरे अनुसार भने लाभांस वितरण नगरी जगेडा कोषलाई बलियो बनाउन खोजेको देखिन्छ । बैंकले गत आर्थिक बर्ष तीन अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । जसमध्ये लाभांस बाड्न योग्य रकम भने दुई अर्ब १५ करोड रुपैयाँ रहेको छ। बैंकले लाभांस बाड्न योग्य रकमबाट जगेडा कोष थप बलियो बनाएको छ ।
बैंकको प्रति शेयर आम्दानी ३४ रुपैयाँ रहेको छ । गत वर्ष १८ रुपैयाँ थियो। बैंकले विगतका बर्षमा नाफा गरे अनुसार लाभांस वितरणलाई प्राथमिकता दिँदै आएकोमा यस वर्ष भने नाफा अनुसार लाभांस घोषणा गरेन । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ छ । निक्षेप संकल र कर्जा लगानीमा आक्रामक रहेको बैंकले गत वर्ष खुद व्याज आम्दानी मात्रै ६ अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेको थियो ।
विगत ६ आर्थिक बर्षमा बैंकले वितरण गरेको लाभांस र प्रति शेयर आम्दानी
|
आर्थिक वर्ष |
बोनस शेयर % |
नगद लाभांस % |
कुल लाभांस % |
प्रति शेयर आम्दानी |
|
2075/2076 |
10 |
11.1 |
21.1 |
34 |
|
2074/2075 |
10 |
0.5 |
10.5 |
18 |
|
2073/2074 |
20 |
1.1 |
21.1 |
21.5 |
|
2072/2073 |
26 |
1.4 |
27.4 |
23.39 |
|
2071/2072 |
39 |
2.1 |
41.1 |
26 |



