लक्ष्मी बैंकको ११७औं शाखा सुर्खेतको छिञ्चुमा |
काठमाडौं । लक्ष्मी बैंकको ११७औं शाखा सुर्खेतको छिञ्चुमा संचालनमा आएको छ ।
यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा पुर्याउने लक्ष्य राखेको छ ।
यो नयाँ शाखासहित लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।


