काठमाडौं । माछापुच्छ्रे बैंकको सबै एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा मास्टर कार्ड स्विकार गर्ने भएको छ । बैंकले बिज्ञप्ती जारी गर्दै आफू मास्टर कार्ड सञ्जालमा आबद्ध भएको जनाएको छ ।
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई विन्टर डिलाइट”योजना ल्याएको छ । योजनामार्फत ग्राहकले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुबिधा प्राप्त गर्ने अवसर पाउने विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं सागको औपचारिक उद्घाटन भएको घोषणा गरिन् ।
काठमाडौं । साधना लघु वित्त वित्तीय संस्थाले ६ लाख ३० हजार कित्ता शेयर जारी गर्ने भएको छ । शेयर बिक्रीका लागि संस्थाले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे बाइक आरआर ३१० र अपाचे २०० फोभी टेस्ट राइडमा सहभागी मध्ये २५ जना भाग्यशाली विजेता चेन्नई गएका छन् ।
काठमाडौं । राज ब्रुअरी प्रालिले शुक्रबारदेखि औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री शुरु गरेको छ । फोस्टर्स जुन अष्ट्रेलियाको बियर संस्कृतिसँग प्रेरित छ ।
काठमाडौं । गोदरेज अप्लाएन्सेस्ले चाडपर्बमा ल्याएको “फ्रि कपल ट्रिप टु बाली”योजनाको लक्की–ड्रको नतिजा सार्वजनिक गरेको छ । गोदरेजको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा विजेता घोषणा गरिएको हो ।
काठमाडौं । नेपाल बंगलादेश बैंकले नयाँ बानेश्वर निस्सहाय सेवा सदनलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका निːसहाय ज्येष्ठ नागरिकका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो ।