राज ब्रुअरीले ल्यायो विश्व प्रसिद्ध फोस्टर्स लागर बियर, ५० भन्दाबढि देशमा विक्री |
काठमाडौं । राज ब्रुअरी प्रालिले शुक्रबारदेखि औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री शुरु गरेको छ । फोस्टर्स जुन अष्ट्रेलियाको बियर संस्कृतिसँग प्रेरित छ ।
फोस्टर्सको ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञता छ । यो सन्सार भर वार्षिक ५० करोड लिटरभन्दा धेरै बिक्री हुन्छ । केहीअघि फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर नेपालीमा बजारमा आएको थियो ।
फोस्टर्स लागर बियर वरफले छान्छ । विज्ञप्तिमा उल्लेख भए अनुसार बियरलाई झण्डै शुन्य डिग्री तापक्रममा छान्ने गरिन्छ । राज ब्रुअरीले विश्व प्रसिद्ध बियर निर्माता एबिइनबेभका ख्याति प्राप्त बियर ब्राण्डहरुको उत्पादन सम्बन्धमा साझेदारी गर्न सम्झौता गरेको थियो । राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबिइनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो ।
राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तर्गतको कम्पनी हो । जावलाखेल ग्रुपले रुसलान, गोल्डेन ओक र ब्लु डायमण्डजस्ता ब्रान्डका मदीरा उत्पादन गर्दै आएको छ ।
बेल्जियममा केन्द्रीय कार्यालय रहेको एबिइनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरुमा उपस्थिति रहेको छ । ५०० भन्दा ज्यादा ख्याति प्राप्त बडवेएजर, बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहृमाजस्ता ब्राण्डहरु पनि उपलब्ध गराउँछ । यसको अन्य ब्राण्डहरुमध्ये स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे र होए गार्डेन हो ।



