लण्डन । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको बुधबार राति लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौं । कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् ।
काठमाडौं । बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग (NCHL-ECC) र अन्तरबैंक भुक्तानी प्रणाली (NCHL-IPS) मा विहीबार देखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने भएको छ ।
काठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रतिक प्रधानले महामारीबा बेलामा आर्थिक पत्रकारको भूमिका अझ बढी हुने बताएका छन् । उनले महामारीबाट गरिबी बढ्ने, वर्गीय दूरी अझ बढ्न सक्ने, भ्रष्टचार र अनियमितता बढ्न सक्ने भन्दै यस्ता विषयमा आर्थिक पत्रकारले चनाखो भएर
काठमाडौं । जोन्टा क्लब अफ काडमाडौंले दैनिक ज्याला मजदुरहरुलाई खाद्यान्न प्याकेजहरु वितरण गरेर कोभिड—१९ संकटको सामना गर्न मद्दत गरिरहेको छ । उक्त प्याकेजमा चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती रहेको छ ।