काठमाडौं । मंगलबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिद आसपासका क्षेत्रमा संक्रमित भेटिएका हुन् ।
काठमाडौं । एकै दिन कोरोनाभाइरस (कोभिड १९) संक्रमण थप ११ जना पुष्टि भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा ५ जना भने निको भएर घर फर्किसकेका छन् ।
कैलाली । कैलालीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षका युवक अस्पताल भर्ना भएको २८ दिनमा निको भएर फर्किएका हुन् । उनलाई मंगलबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।
काठमाडौं । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केका थप ८ जनामा कोरोना संक्रमणको आशंकामा कोरोना विशेष अस्पताल धरान लगिएको छ । केही दिनअघि भुल्केमा बसेका १२ जनामा कोरोनाको सङ्क्रमण भएपछि वैशाख ६ गते ६९ जनाको स्वाब संकलन गरिएको थियो ।
एजेन्सी । गएको २४ घन्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । मङ्गलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १८ हजार ६०१ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।
काठमाडौं । पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड एमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ ।