पञ्चकन्या समूहका कर्मचारीद्वारा तिलोत्तमा नगरपालिकालाई ५ लाख रुपैयाँ र १ हजार थान माक्स सहयोग |
काठमाडौं । नेपालकै प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहमा कार्यरत कर्मचारीले तिलोत्तमा नगरपालिकालाई आर्थिक सहयोग गरेका छन् ।
पञ्चकन्या समूहको कोटिहवा स्थित कारखानामा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमीकबाट केहि दिनको रकम कट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन् ।
विश्वमै माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट समस्यामा परेका मजदुर तथा बिपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
कर्मचारीहरुले जम्मा गरेका ५ लाख रुपैयाँको चेक पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र शाहुले तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई हस्तान्त्रण गरेका छन् । सो अबसरमा पञ्चकन्याले नगरपालिकालाई १ हजार मास्क समेत प्रदान गरेको छ । पञ्चकन्या समूहले त्यहा कार्यरत कर्मचारी तथा मजदुरलाई चैत्र महिनाको सम्पुर्ण पारिश्रमीक प्रदान गरिसकेको महाप्रबन्धक शाहुले उल्लेख गरे ।
उक्त कार्यक्रममा पञ्चकन्या समूहका प्रसाशन प्रबन्धक राजेन्द्र ज्ञवाली, मानव संसाधन प्रमुख सुनिलकुमार कुसहवा, लेखा तथा बित्त प्रबन्धक सगुण खनाल तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत माधबप्रसाद शर्मा लगाएको उपस्थिती रहेको थियो ।
नीजि क्षेत्रको औद्योगिक घरानाका कर्मचारीले यती ठुलो रकम हस्तान्त्रण गरेको यो रकम प्रदेश ५ मा पहिलो हो । पञ्चकन्याले प्रदान गरेको रकम बुझ्दै नगर प्रमुख घिमिरेले हाल सम्मतीन बटा संस्थाले ५ लाख तथा त्यसमाथिको रकम हस्तान्त्रण गरेको बताए । उनले हाल सम्म ५ लाख रुपैया हस्तान्त्रण गर्नेमा पञ्चकन्या समूहको कर्मचारी परिवार र तिलोत्तमामा रहेका दुई बटा खानीपानी सस्था रहेको बताए ।
प्रमुख घिमिरेले पञ्चकन्या समुहलगाएतका संघ सस्थाले दिएको राहत रकम तथा जिन्सी सामाग्रीलाई पूर्ण सदुपयोग गर्दै प्रकोपमा परेकाहरुमा खर्चीने बताए । उनले राहत नपाएकाहरुलाई प्राथमिकतामा राखेर बितरण गरिएको बताए ।


