रूसले विगत २४ घण्टामा १० हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेको छ । रूसमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ८७ हजार ८५९ पुगेको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
काठमाडौं । नेपालमा कोरोना भाइरसको प्रभाव र आर्थिक समाजिक पुनरुत्थानका लागि सरकारलाई सुझाव दिनका लागि गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गठन गरेको कार्यदलले लकडाउनका कारण दैनिक १० अर्बको आर्थिक क्षति भइरहेको निष्कर्ष निकालेको छ ।
काठमाडौं । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले नेपाली भूमि अतिक्रमण गर्दै नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् ।
एजेन्सी । कोरोना भाइरस महामारीका कारण अमेरिकामा यो वर्षको अप्रिलमा २ करोडभन्दा बढी व्यक्ति बेरोजगार भएका छन् । महामारीका कारण त्यहाँको बेराजगारी दर १४.७ प्रतिशत पुगेको छ । यसले सन् १९३० को महामारी पछिकै सबैभन्दा खराब स्थितिको संकेत गरेको छ ।
काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।
महाराष्ट्रको औरंगावादमा रेलले कुल्चेर १६ जना प्रवासी मजदूरको मृत्यु भएको छ । यो घटना औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा भएको हो । सबै मजदूर मध्य प्रदेश गइरहेका थिए ।
काठमाडौं । एउटै टोलका २३ जनामा कोरोना संक्रमण भेटिएको बाँकेको नेपालगन्जमा संक्रमितको सम्पर्कमा रहेका व्यक्ति मध्ये थप ३४ जनाको स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।