आफैंले लागू गरेको लकडाउन उल्लंघन गरेपछि रोमानियाका प्रधानमन्त्रीले जरिवाना तिरेका छन् । कोरोनाभाइरसको संक्रमण रोक्न लकडाउनको समयमा लगाइको प्रतिबन्धको अवज्ञा गरेपछि शनिबार रोमानियाका प्रधानमन्त्री लुडोभिक अर्वानले जरिवाना तिरेका हुन् ।
काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन् । प्रतिनिधि सभामा आइतबार भएको बजेटमाथिको छलफलका क्रममा उनले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने बताए ।
काठमाडौं । सञ्चारकर्मसँगै गायनमा समेत सक्रिय गायिका सरिता भारतीले नयाँ गीत ‘देशै रोयो कोरोना’ सार्वजनिक गरेकी छन् । उनलाई यो गीतमा चेतन गोतामे, महेश विक्रम पाण्डे र पुजा गुरुङले स्वरमा साथ दिएका छन् ।
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन अटोमोबाइल एशोसिएसन अफ नेपाल(नाडा)ले विद्युतीय सवारीमा कर वृद्धि गरको प्रति कडा आपत्ति जनाएको छ । नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले आगामी आर्थिक वर्ष २०७७∕७८ को बजेटमार्फत विद्युतीय सवारीमा कर वृद्धि गर्ने निर्णयको विरोध जनाएको हो ।
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा आठ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३८० नयाँ संक्रमित थपिएका हुन् । यो भारतको लागि एकैदिन थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हुन् ।