बाँकेको अगैयामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जबाट सल्यान घर जाँदै गरेका १२ जनाको मृत्यु [अपडेट] | घाइते भएकाहरुको नामावली सार्वजनिक
काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।
भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयश सापकोटाले जानकारी दिए ।
ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।
दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको इन्सपेक्टर सापकोटाले बताए ।
मृतक ११ पुरुष र एक महिला छन् ।
हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको घाइतेहरुको नामावली
- दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
- दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
- दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
- दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
- दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
- दाङ जिल्लाका २० वर्षीय भरत थापा
- रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
- ऐ. का २० वर्षीय वीरेन्द्र परियार
- ऐ. का १८ वर्षीय पुरन परियार
- रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
- रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
- सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
- सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
- सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
- सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
- सल्यान जिल्लाका शिव भण्डारी
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
- ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
- ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।
Visited 2 times, 1 visit(s) today


