डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् । यहाँ हालै जुन स्थानमा यो रोग फैलिएको थियो डिआरसी क्षेत्र त्यो भन्दा हजारभन्दा बढी किलोमिटर टाढा छ ।
एक जना काला जातिका पुरूषलाई प्रहरीले घुँडाले घाँटी थिचेर मारेपछि अहिले अमेरिकाभर प्रदर्शन भइरहेको छ । विभिन्न सहरमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारी त्यसलाई उल्लंघन गर्दै सडकमा निस्किएका छन् ।
अफगान तालिवान समूहका संस्थापक मुल्लाह ओमारका छोरा मुल्लाह याकूबले तालिवान समूहको नेतृत्व सम्हालेका छन् । समूहका नेताहरुबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम नेतृत्व हस्तान्तरण गरिएको हो ।
काठमाडौं । जोन्टा क्लब काठमाडौंले आफ्नो छैठौं वार्षिक साधारण सभा भर्चुअल रुपमा आयोजना गरेको छ । उक्त क्लबले औपचारिक रुपमा बाइएनीयम २०२०—२०२२ का लागि बोर्ड सदस्यहरुलाई स्वागत गरेको थियो, जुन अध्यक्ष जोन्टियन सीमा गोल्छाको नेतृत्वमा रहेको छ ।
काठमाडौं । १४ वर्ष को लामो अन्तराल पछि सांगीतिक समुह डाक्टर पाईलट्सले आफ्नो पुरानो चर्चित नेपाली गीत “सरकारी जागीर” लिएर सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन् ।
काठमाडौं । युरोपेली मुलुकहरूले कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि जारी लकडाउन सोमबारदेखि खुकुलो बनाइएको छ । युरोपका सबैजसो मुलुकले लकडाउन हटाउने वा खुकुलो पार्ने काम तयारी गरेको भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।