ढाका । बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो ।
वासिंगटन डिसी । अमेरिकामा रहेका नेपालीहरुको एक समूहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निस्कासन गरेको छ । सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ९८ हजार ७०६ पुगेको हो ।
काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या ३० हजार नजिक पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ब्राजिलमा २९ हजार ९२७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत श्री बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि अमेरिकाको धेरैजसो राज्यमा हिंसा भड्किएको छ । स्थिती नियन्त्रण गर्नका लागि अमेरिकाको राजधानी वासिङ्टनसमेत विभिन्न शहरमा कर्फ्यू लगाउनु परेको छ ।