काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले नेपालसहित विश्व नै आक्रान्त भई मानव जातिको अस्तित्व जोगाउन विश्वनै लडिरहेको यस विषम परिस्थितीमा संक्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले संस्थामा कार्यरत २०१ जना कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई सहयोग गर्ने हेतुले २ करोड ९१ लाख २० हजार भन्दा बढि सहयोग गरेको छ ।
काठमाडौं । कोरोना भाइर विरुद्ध लड्न शरिरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जुस तथा ट्यावलेट नपाली बजारमा आएको छ । शाहीराम फुड्स प्रालीले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा विक्री शुरु गरेको हो ।
काठमाडौं । बितेको २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अघिल्लो हप्ता नेपालबारे दिएको अभिव्यक्ति आलोच्य र निन्दनीय भएको बताएका छन् ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४ करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । बैंकले तनहुँ जलविद्युत् आयोजनाको ठेक्का तोडिएपछि इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी) को पर्फमेन्ट ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको हो ।
भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो ।
कोरोना भाइरस (कोभिड– १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।