जनउत्थानद्वारा कर्मचारीहरुको कोरोना बीमा |
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले नेपालसहित विश्व नै आक्रान्त भई मानव जातिको अस्तित्व जोगाउन विश्वनै लडिरहेको यस विषम परिस्थितीमा संक्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले संस्थामा कार्यरत २०१ जना कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।
कर्मचारीहरुको मनोवल वृद्धि गर्ने उद्देश्यका साथ संस्थामा कार्यरत सम्पूर्ण तहका कर्मचारीहरुको बीमाङ्क रकम रु १,००,०००को कोरोना (कोभिड–१९) रोग बीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरिएको हो ।
उक्त बीमा लेख कायम रहेको अवधिमा कोरोना बीमा दावीका लागि कोरोना भाइरस (कोभिड–१९) पीसीआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीले तोकिएको बीमाङ्क रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


