इन्भेष्टमेन्ट बैंकले २ अर्बको मुद्दा जित्यो |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४ करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । बैंकले तनहुँ जलविद्युत् आयोजनाको ठेक्का तोडिएपछि इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी) को पर्फमेन्ट ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको हो ।
इटलीको बोलोङनास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गरेकाको हो ।
तनहुँ जलविद्युत आयोजनाले ठेक्का तोडेपछि इन्भेष्टमेन्टले पर्फमेन्स ग्यारेन्टीको रकम भुक्तानी गरिदिएको थियो तर सिएमसीले जमानत जफत भएको भन्दै पर्फमेन्स ग्यारेन्टीको रकम भुक्तानी रोकिदिन ट्राइब्युनलमा मुद्दा हालेको थियो ।
इन्भेष्टमेन्ट बैंकले मुद्दा जितेपछि अब बैंकले काउन्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको ८५ करोड १४ लाख १६ हजार नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो (१ अर्ब १५ करोड रुपैयाँ) गरी करिब दुई अर्ब रुपैयाँ इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने भएको छ ।


