काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
काठमाडौं । सेयर बजार आजबाट खुल्ने भएको छ ।नेपाल स्टक एक्सचेञ्जको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले लकडाउन अघिकै नियममा शेयर बजार खोल्ने निर्णय गरेको हो ।
काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि १ लाख २५ हजारभन्दा बढी छ ।
काठमाडौं । साधना लघुवित्तले असार २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
विश्वभर कोभिड–१९ द्वारा संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड पार भएको छ भने मृतकको संख्या ५ लाख नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २५ लाख बढी रहेको छ ।
काठमाडौं । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो ।