काठमाडौं । यो महामारीको अवस्थामा शैक्षिक संस्थानहरुले शिक्षालाई घर–घरसम्म पुर्याउनको लागि अनलाइन भिडियो कन्फ्रेन्सीङ र भिडियो ट्यूटोरियल जस्ता टूलहरुको प्रयोग गरिरहेका छन् ।
काठमाडौं । पञ्चकन्या स्टिलले नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्.डी. र ५५० एक्स्.डी. नयाँ फलामे छड सार्वजनिक गरेको छ । छडको प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यसलाई अझ बढी सुदृढ र बलियो बनाएको कम्पनीको दावी छ ।
काठमाडौं । २०१६मा बजारमा आएको एल.जी. इन्स्टाभ्यू डोर इन डोर रेफ्रिजेरेटरको विश्वव्यापी विक्री १० लाख इकाई यस महिना भित्र पुगेको एल.जी. इलेक्ट्रोनिक्सले जानकारी दिएको छ ।
काठमाडौं । ग्रिभ्स कटन लिमिटेडको इलेक्ट्रिक स्कुटर ब्राण्ड एम्पियर लकडाउन लगत्तै नेपालमा आउने भएको छ । भारतीय बजारमा २० प्रतिशत भन्दा बढी मार्केट शेयर रहेको एम्पियर इलेक्ट्रिकलाई डीएसएम ग्लोबलले नेपाल ल्याउन लागेको हो ।
काठमाडौं । एन आई सी एशिया बैंकले ल्याएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत बैंकका दुई जना ग्राहकहरूलाई १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।
काठमाडौं । महामारीबाट बच्नको लागी उच्चतम उपाय भनेको आफ्नो वरपरको वातावरण तथा बस्ने स्थान को उचित सरसफाई गर्नु तथा यसलाई किटाणुरहित बनाउनु हो । यो अवस्थालाई मध्यनजर गर्दै डाबर नेपाल ले ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा ल्याएको छ ।
काठमाडौं । नेपालमा विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङले नेपाली उपभोक्ता समक्ष आफ्नो अभूतपूर्व प्रविधि सहितको सामसङ ग्यालेक्सी एस२० अल्ट्रा फोन प्रस्तुत गरेको छ ।