काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । थप एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडाैं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले घर खरिद तथा निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने छ ।
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ८.४९% व्याज दरमा विभिन्न ६ प्रकारका र ९.८९% व्याज दरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारको चालु प्रयासहरुलाई संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित प्रतिवद्धताको हिस्साका रुपमा हिमालय एअरलाइन्सले सहयोगलाई जारी राखेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । गत आर्थिक वर्ष २०७६∕०७७ मा ४३ लाख ६५ हजार गोटा मोबाइल सेट आयात भएको छ । सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट करिव १८ अर्ब रूपैयाँ बाहिरीएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।