काठमाडौं । कृषि विकास बैंकले बिनो धितो १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने गरि गाउँपालिकासँग सम्झौता गरेको छ। गाउँमै आयमूलक उद्यम गर्न चाहनेलाई कर्जा दिने भएको हो ।
मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता हुने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइनेछ ।
काठमाडौं । भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित २० जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् ।
काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् । उनले भने, ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव छैन ।’
काठमाडौं । काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गर्ने निर्णय भएको छ । तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले बताएका छन् ।