कुमारी बैंकले २५ ठाउँमा शाखा गाभ्ने |
काठमाडौं । कुमारी बैंकले देव: विकास बैंकलाई लिएपछि देशभर दुई दर्जन ठाउँका शाखा गाभ्ने भएको छ ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेका शाखाहरु गाभ्ने जानकारी दिएको छ। देव: विकास बैंक र कुमारीका शाखा नजिकै परेका ठाउँमा गाभेर एकै ठाउँबाट सेवा दिने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार काठमाडौंको नक्साल, कोटेश्वर,बौद्ध,कालिमाटी,बानेश्वरमा देव: विकास बैंक र कुमारी बैंकका शाखामध्ये एकै ठाउँबाट सेवा दिने भएको हो ।
त्यस्तै टहरि, धनगढी, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, कावासोती,तुल्सीपुर, नारायणगढ, कोहलपुर, कुश्मा, कञ्चनपुर, नारायणपुर, ठाकुरबाबा, जीतपुर, बनेपा, मेलम्ची, गैँडाकोट र खैरेनीमा शाखा गाभ्ने भएको हो ।


