काठमाडौं । भन्सार विभागले बढी जनसम्पर्क हुने काम अनलाइन माध्यमबाटै दिने भएको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विभागले अत्यावश्यक सेवालाई अनलाइन माध्यमबाट दिने छ ।
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अहिले भाडा लिन-दिन संक्रमणको जोखिम छ । तर, अब विद्युतीय कार्डबाटै भाडा तिर्न सक्ने व्यवस्थाका लागि निजी कम्पनीहरु अग्रसर हुन थालेका छन् ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।