सनराइज बैंकको घरकर्जा ब्याजदर ८ दशमलव ९५ प्रतिशत |
काठमाडौं । सनराइज बैंक लिमिटेडले घरकर्जा ८ दशमलव ९५ प्रतिशत कायम गरेको छ । बैंकले यो कर्जा ४० वर्षका लागि दिने घोषणा गरेको हो ।
तर अन्य बैंकको तुलनामा सनराइजको ब्याजदर अलि महँगो भने छ ।
हिमालयन बैंकले घरकर्जा ८ दशमलव ४९ प्रतिशत, सिद्धार्थले ७ दशमलव ९९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७ दशमलव २५ प्रतिशत कायम गरेका छन् ।
त्यस्तै नबिलले ७ दशमलव ९९ प्रतिशत, एनआइसी एसियाले ८ दशमलव २५ प्रतिशत, ग्लोवल आइएमइले ८ दशमलव ७५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।



