काठमाडौं । साना र मध्यम आकारका उद्यमहरूलाइ (एसएमई) समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रममा सहभागी हुन ८ हजारभन्दा बढी एसएमईहरुले दर्ता गरेका थिए । ति मध्ये२१०० भन्दा बढी एसएमईहरु दराजमार्फत व्यवसाय सन्चालन गर्न सफल भएका छन् भने अरु सन्चालनमा आउने प्रक्रियामा छन् ।
सुर्खेत । कर्णाली प्रदेशबाट पनि सवारी चालक अनुमति पत्र वितरण थालिएको छ । बिहिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक चालकलाई लाइसेन्स प्रदान गरी वितरण कार्यको शुभारम्भ गरे ।
अमेरिकी कम्पनी फेसबुकले आफ्नो पहिलो स्मार्ट चस्मा ल्याउने बताएको छ । केही दिनअघि आयोजना गरेको एक कार्यक्रममा फेसबुकले चर्चित इटालीयन ब्रान्ड रेबानसँगको साझेदारीमा अर्को वर्ष नयाँ स्मार्ट चस्मा बनाउने घोषणा गरेको हो ।
अमेरिकी बहुराष्ट्रिय रिटेल कर्पोरेसन वालमार्टले कोभिड–१९ किट वितरणका लागि नयाँ प्रविधि भित्र्याएको छ । वालमार्टले अमेरिका, लस भेगसको उत्तरी क्षेत्रमा बसोबास गर्नेका लागि ड्रोनमार्फत् कोभिड(किट वितरण गर्ने भएको हो ।
चीनका सबैभन्दा धनी व्यक्ति जोङ सानशान बनेका छन् । ब्लुमवर्ग बिलेनियर इन्डेक्सका अनुसार बुधबार जोन सानशान चीनकै धनी व्यक्ति बनेका हुन् । उनले यसअघिका चीनका सर्वाधिक धनीको सूचीमा लामो समय राज गरेका ज्याक मालाई उछिनेका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ तरलता खिचेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) धेरै भए पछि राष्ट्र बैंकले बोलकवोलको मार्फतबाट ३० अर्ब रुपैयाँ खिचेको हो ।
काठमाडौं । अमेरिकी कम्पनी एप्पल भारतीय बजारमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । अब बल्ल एप्पलले भारतीय बजारमा आफैंले प्रत्यक्ष रुपमा आफ्ना उत्पादनहरु बेच्ने भएको छ ।
काठमाडौं । सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।