भारतीय बजारमा ‘एमजी ग्लस्टर’को बुकिङ खुला |
काठमाडौं । एमजी मोटर्स इण्डियाले प्रिमियम एसयुभी ‘एमजी ग्लस्टर’को बुकिङ खुला गरेको छ । हालसम्म कम्पनीले गाडी सार्वजनिक भने गरेको छैन ।
यसको झलक ‘दिल्ली अटो शो २०२०’ मा पनि देखाइएको थियो । यो गाडीमा एडिएएस (एड्भान्स ड्राइभ असिस्टेन्ट सिस्टम) फिचर रहेको छ ।
यो फिचरले चालकलाई सहजता प्रदान गर्ने र सुरक्षा दिने कम्पनीको दावी छ । ग्लस्टरको ‘अडेप्टिभ क्रुज कन्ट्रोल’ले कारको स्पिडलाई अगाडि रहेको सवारी साधनको गतिको आधारमा सन्तुलन गर्छ ।
नवभारत टाइम्सका अनुसार यसमा जडान गरिएको वार्निङ सिस्टमले गाडी ठक्कर लाग्नुभन्दा पहिले चालकलाई चेतावनी दिन्छ भने आवश्यक परेमा ब्रेक लगाउँछ ।
२.० लिटर डिजेल इन्जिनको यो कारले २ सय १८ बिपिएच पावर र ४ सय ८० एनएम टर्म जेनेरेट गर्छ । यसमा ८ स्पिडको ’अटोमेटिक ट्रान्समिसन’ दिइएको छ । यसमा ४ ह्विल ड्राइभ फिचर र ७ वटा विभिन्न ड्राइभ मोड रहेको छ ।
ग्लस्टरमा १२.३ इन्चको टच स्क्रिन र १२ वटा स्पिकर पनि जडान गरिएको छ । यसमा वायरलेस चार्जिङ सिस्टम पनि रहेको छ । नेपालमा भने अहिले ल्याउने निश्चित नभएको पारामाउण्ट मोटर्सका महाप्रवन्धक सचिन अर्यालले जानकारी दिए ।
एमजी मोटर्स इण्डियाले हालसम्म गाडी निर्यात गर्ने निर्णय नगरेकोले नेपाल ल्याउने∕नल्याउने निश्चत नभएको उनले बताए । ‘एमजी मोटर्स इण्डियाले अनुमती दियो भने हामी पक्का ल्याउँछौ । यो गाडी नेपालमा आयो भने मूल्य १ करोड बढी पर्छ,’ उनले भने ।
Visited 1 times, 1 visit(s) today


