काठमाडौं । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ ।
काठमाडौं । रुसले कोभिड १९ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गर्ने भएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार रुसको सरकारी स्वास्थ्य कोषले उक्त मात्रामा कोभिड–१९ भ्याक्सिन डोज नेपाललाई ट्रिनिटी फर्मास्युटिकल्समार्फत् उपलब्ध गराउने छ ।
काठमाडौं । इ-कमर्स बरदान अनलाइन स्टोरले नेपालीहरूको महान चाड बडादसैंको अवसरमा ‘बरदान दसैं उत्सव’ कार्यक्रम सुरू गरेको छ । असोज ११ गतेदेखि कात्तिक ६ गतेसम्म चल्ने उत्सवमा ग्राहकले ३० प्रतिशतसम्म छुट र विभिन्न पुरस्कारहरू प्राप्त गर्ने बताइएको छ ।
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।
काठमाडौं । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १० लाख हस्तान्तरण गरेका छन् ।
काठमाडौं । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् ।
काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ गते (अक्टोबर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने जानकारी दिए ।