काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ । यस सहित एप डाउनलोड गरेर आफैं वा एजेन्टको सहयोगमा आइएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएका छन् ।
काठमाडौं । एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा तीन हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ ।
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको ‘बाजेको सेकुवामा सेफ कुमार चालिसे आवद्ध भएका छन् । खानाहरुलाई थप गुणस्तरीय बनाउन र विभिन्न स्वादका नेपाली परिकारको विकास गर्ने उद्धेश्य सहित सेफ चालिसेलाई आवद्ध गराएको बाजेको सेकुवाका सन्चालक चेतन भन्डारीले बताए ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ’जहाँ छौँ, त्यहिँ बसेर दशैँ मनाउन’ आग्रह गरेको छ । आइतबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
काठमाडौं । आज काठमाडौं उपत्यकामा एक हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंका एक हजार ३७३ जना , ललितपुरका १८७ जना र भक्तपुरका ३९ जना रहेका छन् ।
काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयमा रहेका तीन सल्लाहकार र स्वकीय सचिवलाई संक्रमण पुष्टि भएको छ ।