काठमाडौं । नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरु सँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि।ले नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।
काठमाडौं । क्लासिक टेक प्रालिले हरेक ग्राहकहरुको लागि नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर रु.५५,०० सम्मको भारी छुट पाईने अफर ल्याएको छ । कम्पनीले रु ५,५०० मूल्य बराबरको इन्टरनेट सेवाको रिचार्जमा छुट र बोनस उपलब्ध गराउनेछ ।
काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले काठमाडौंको सानो भर्याङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । जगदम्बा इन्जिनियरिङ्ग नामक शोरुम संचालनमा ल्याएका हो ।
काठमाडौं । नेपालका लागि एस्कोर्टस् कन्ट्रक्सन इक्वीप्मेन्टको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स्ले एस्कोर्टस् मेसिन खरिदका लागि दशैँ तिहारमा विशेष अफर ल्याएको छ ।
काठमाडौं । फलफूलको ‘राजा’ मानिने किबी फलबाट बनेको वाइन बजारमा आएको छ । धनकुटाको राजारानीमा उत्पादित वाइन फ्याक्ट्रीले आफ्नो पहिलो उत्पादन काठमाडौंमा बिक्री सुरू गरेको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले सल्यानको शारदा नगरपालिका–०१ स्थित श्रीनगरमा आफ्नो २०९ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन आइतबार शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् ।
काठमाडौं । आफ्नो क्षेत्रमा सबैभन्दा पहिलो, फूड अन डिमान्ड सेवा उपलब्ध गराईरहेको दस वर्ष पुरानो कम्पनी फुडमाण्डु प्रालिले हालै डक्टर्स अन कल नेपाल (डीओसी) का साथ साझेदारी गरेको छ ।