वीरगन्ज । प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
काठमाडौं । राकुटेन भाइबरले प्रयोगकर्ताहरुलाई आफ्ना कार्यहरु र अन्य महत्वपूर्ण कार्यक्रमहरुका लागि रिमाइण्डर राख्न मिल्ने गरेर माइ नोट्समा विशेषता थप गरेर सार्वजनिक गरेको छ ।
काठमाडौँ । काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ ।घटस्थापनाको उत्तम साइत आज बिहान ११ː४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आफ्नो दबदबा कायम राख्दै कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ ।
काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
काठमाडौं । काठमाण्डौ । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ ।