काठमाडौं । क्लासिक टेकले हालै निकै दूलर्भ रोगबाट पिडित १३ महिने बालिकाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । कम्पनीले निकै दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।