अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त |
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा कार्यरत रहेका श्रेष्ठ अर्थमन्त्री पाैडेलकाे सल्लाहकार भएर काजमा अर्थ मन्त्रालय जाने भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।


