काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) को अध्यक्ष पदमा सुधिर पराजुली निर्विरोध चयन भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनको रुपमा रहेको सङ्घको आगामी दुई वर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
एप्पलले हालैमात्र सार्वजनिक गरेका आइफोन १२ सिरिज यो वर्ष सन् २०२० का अन्तिम प्रडक्टहरु हुने ठानिएको थियो । तर एप्पलले थप नयाँ प्रडक्ट सार्वजनिक गरेर मात्र सन् २०२० लाई बिट मार्ने भएको छ ।
काठमाडौं । नेपाल एयरलाइन्सले ३६ वर्ष पुरोना प्लानिङ सफ्टवेयरलाई विस्थापन गर्दै नयाँ सफ्टवेयरमा प्रवेश गरेको छ । पाइलटले जहाजको ककपिटमा जानु अगाडी आवश्यक सबै सूचना यसै सफ्टवेयरमार्फत लिने गर्छन् ।
काठमाडौं । नेपाल चाइना चेम्बर अफ कमर्सले नेपाल–चीन व्यापारिक नाकामा देखिएको अवरोधले व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको बताएको छ । संघले बिहिबार एक विज्ञप्ति जारी गर्दै निर्बाध नाका सञ्चालन गर्ने वातावण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षीय व्यापार प्रवर्द्धनका लागि सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ ।
विश्वव्यापी कोभिड–१९ महामारी, कम्पनीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा खेप्नुपरेको अवस्था र सेन्सरसिपको आरोप विश्वको बढ्दो संघर्षका बीच गुगलको आम्दानीचाहिँ बढिरहेको छ ।
काठमाडौं । सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त भएका छन् । सौरभ चन्द्र अमेजन इन्डियाको पूर्व चिफ टेक्नोलोजी अफिसर समेत हुन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ ।