काठमाडौं । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टिमलाई भव्य स्वागत गरेको छ ।
काठमाण्डौ । मुद्रण उद्योगी एवम् व्यवसायीहरुले लामो समयको लकडाउनका कारण आफ्नो व्यवसाय चौपट भएको भन्दै राहातको माग गरी अर्थमन्त्रीलाई १० बुँदे सुझाव पेश गरेका छन् ।
काठमाण्डौं । अर्थ मन्त्रालयले पुस्तकमा लाग्दै आएको कर सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबाट विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटाएको बताएको छ ।
काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ । ११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.२२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६० प्रतिशतले बढि हो ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।
ललितपुर । ललितपुर महानगरपालिकासँग सहकार्य गरेर एसियन कंक्रिटो प्रालिले हरिहरभवनमा अन्तराष्ट्रियस्तरको अपागंता र वातावरणमन्त्री फुटपाथ निर्माण गरेको छ । उक्त प्रालिले नमूना फुटपाथको रुपमा निर्माण गरेको उक्त फुटपाथ शुक्रवार आयोजित एक कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे ।