काठमाडौं । सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो ।
काठमाडौं । काठमाडौंको कुपण्डोलमा अवस्थित विध ल्याबमा अब कोरोना भाइरस विरुद्धको एन्टिबडी परीक्षण हुने भएको छ । यो सेवा आजैबाट सुरुवात भएको ल्याबले जानकारी दिएको छ ।
काठमाडौं । नेपाली चलचित्र हलमा रिलिज नहुँदा युटुबमा चलचित्र हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको छ । अझ, हलमा पनि दर्शकले अत्याधिक माया गरेका चलचित्रले युटुबमा पनि दर्शकको उल्लेख्य साथ पाएका छन् ।
वीरगञ्ज । वीरगञ्जबाट दुईजना बालक बेपत्ता भएका छन् । वीरगञ्जका व्यवसायी जगरनाथ कलवारका छोरा शिवेश गुप्ता (तेजस) र वीरगञ्ज–४ विर्ता बस्ने दिपेश शर्माको छोरा प्रनेश शर्मा वेपत्ता भएका हुन् । हराएका बालकहरु गौतम स्कुलमा कक्षा ६ मा अध्यनरत थिए ।
काठमाडौं । तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको बिचमा रहेको सीमा विवादबारे कुराकानी हुने बताएका छन् ।