काठमाडौं । डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ प्रशारण गर्ने भएको छ। सो कार्यक्रम हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ ।
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित भएका छन् ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ ।
कञ्चनपुर । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।
काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेको छ । अनलाइन रजिस्ट्रेसन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको कोषले जनाएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का देशिय निर्देशक डा. रिचार्ड हवार्डसँग भेटवार्ता गरेका छन् ।