काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले १४ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापीटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेको छ । नेप्सेले दुबै कम्पनी शेयर यही शुक्रबार सूचीकरण गर्ने तयारी गरेको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल ¥याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो ।
काठमाडौं । नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राजधानीको शान्तिनगरस्थित निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवासगृहलाई रु दुई लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।
काठमाडौं । जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्य सहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको जानकारी दिएको छ ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका छन्। जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो ।
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।