करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर |
काठमाडौं । सिभिल बैंकले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवा कार्यालय, विराटचोकमा नया‘ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गरे ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछन ।
समारोहमा उद्योग वाणिज्य संघ बिराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग बिभागका प्रमुख भोला बहादूर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको वाक्लो उपस्थिति थियो ।


